२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘बुढीगण्डकी करिडोर विकास प्राधिकरण’ गठन गर्न माग राख्दै बाबुरामले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र



१४ असार । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अधिकार सम्पन्न प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामलाई तीव्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै उनले आगामी भदौ महिनाभित्र माग पुरा नभए असोज १ बाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
साथै उनले अहिलेको विद्युत् प्राधिकरण अन्तर्गत सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी करिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  २ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।