२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एसईईमा दुईभन्दा बढी विषयमा नन ग्रेड भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने मन्त्री श्रेष्ठको निर्णय



१४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईभन्दा बढी विषयमा पनि नन ग्रेड भएका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् । शिक्षा तथा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी उनीहरूलाई पनि मौका परीक्षा दिने अवसर बनाएकी हुन् ।

यो पटक लेटर ग्रेडअनुसार एसईईको परीक्षाफल प्रकाशित भएपछि नन ग्रेड विद्यार्थीले ११ कक्षामा अध्ययन गर्न नपाउने व्यवस्था छ । त्यसैले मौका परीक्षामार्फत ग्रेड बढाउने अवसर छ । मन्त्री श्रेष्ठले ठूलो संख्यामा विद्यार्थी अध्ययनबाट वञ्चित हुने अवस्था आएको भन्दै उनीहरूले पनि मौका परीक्षा दिन पाउने निर्णय गरेकी हुन् । बिहीबार सार्वजनिक एसईईको नतिजाअनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडमा छन् । यो कूल परीक्षामा सहभागी विद्यार्थीको ५२.१४ प्रतिशत हो ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  २ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।