१७ असार २०८१, आइतबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कर्मचारीले घुस मागे गर्न मन्त्रीलाई खबर गर्न अनुरोध



बरहथवा (सर्लाही)
१४ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मालपोत तथा नापीका कर्मचारी घुस मागे आफूलाई खबर गर्न अनुरोध गरेका छन् ।

आज सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत र नापी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले गल्ती गर्नेलाई माफी दिन सकिने तर, अपराध गर्नेलाई छुट दिन नसकिने बताउ । नागरिकको सेवा सुविधाको लागि खटिने कर्मचारीले गरेका सामान्य गल्ती कमजोरीलाई लिएर उनीहरुको मनोबल गिराउने काम नगर्न पनि उनले आग्रह गरे ।

मन्त्री अधिकारीले केही दिनदेखि पूर्वी नेपालको विभिन्न कार्यालय अनुगमन गरेको बताए । अनुगमनको क्रममा कर्मचारीलाई आफू अनुकूल काम नभएको निहुँमा फसाइ दिने धम्की दिने गरेको गुनासो आएकाले त्यस्तो गतिविधि नगर्न जोड दिए । वर्ष दिन पहिला निर्माण सम्पन्न भई सञ्चालनमा आएको मालपोत तथा नापी कार्यालय हरिवनको उनले आज विधिवत् उद्घाटन गरेका हुन् ।

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मालपोत, नापी तथा भन्सार कार्यालय भ्रष्टाचारीको अखडा बनेको बताए । जनताले दान गरेको जग्गामा बनेका सुविधा सम्पन्न भवन जनताको सेवाका लागि हुनुपर्ने धारणा राखे । उनले जनतालाई दुःख दिने गतिविधि नगर्न सचेत गराए ।

यस अघि मालपोत र नापी कार्यालय हरिवनले भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको थियो । स्थानीय जग्गा दाताबाट प्राप्त १६ कठ्ठा सात दशमलव ३४ धुरमा मालपोत र नापी कार्यालयको भवन निमार्ण भएको हो । १२ कठ्ठा सात दशमलव ३४ धुरमा मालपोत कार्यालय र चार कठ्ठामा नापी कार्यालयको भवन निर्माण भएको छ ।

विसं २०७७ मा रु तीन करोड ३१ लाख ४९ हजार सात सय २४ तीन पैसामा नापी र विसं २०७६ भदौमा रु छ करोड ९८ लाख ९७ हजार नौ सय ६२ ४४ पैसामा मालपोत कार्यालय भवन निर्माणको ठेक्का लागेको थियो । दुवै भवन ठेकेदार कम्पनीले समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको नापी तथा मालपोत कार्यालयले जनाएको छ । भवन निर्माण पश्चात सेवा प्रवाहमा सुविधा भएको मालपोत कार्यालय प्रमुख चण्डीप्रसाद कोइरालाले जानकारी दिएब ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ४ : ३२ बजे