२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कर्मचारीले घुस मागे गर्न मन्त्रीलाई खबर गर्न अनुरोध



बरहथवा (सर्लाही)
१४ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मालपोत तथा नापीका कर्मचारी घुस मागे आफूलाई खबर गर्न अनुरोध गरेका छन् ।

आज सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत र नापी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले गल्ती गर्नेलाई माफी दिन सकिने तर, अपराध गर्नेलाई छुट दिन नसकिने बताउ । नागरिकको सेवा सुविधाको लागि खटिने कर्मचारीले गरेका सामान्य गल्ती कमजोरीलाई लिएर उनीहरुको मनोबल गिराउने काम नगर्न पनि उनले आग्रह गरे ।

मन्त्री अधिकारीले केही दिनदेखि पूर्वी नेपालको विभिन्न कार्यालय अनुगमन गरेको बताए । अनुगमनको क्रममा कर्मचारीलाई आफू अनुकूल काम नभएको निहुँमा फसाइ दिने धम्की दिने गरेको गुनासो आएकाले त्यस्तो गतिविधि नगर्न जोड दिए । वर्ष दिन पहिला निर्माण सम्पन्न भई सञ्चालनमा आएको मालपोत तथा नापी कार्यालय हरिवनको उनले आज विधिवत् उद्घाटन गरेका हुन् ।

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मालपोत, नापी तथा भन्सार कार्यालय भ्रष्टाचारीको अखडा बनेको बताए । जनताले दान गरेको जग्गामा बनेका सुविधा सम्पन्न भवन जनताको सेवाका लागि हुनुपर्ने धारणा राखे । उनले जनतालाई दुःख दिने गतिविधि नगर्न सचेत गराए ।

यस अघि मालपोत र नापी कार्यालय हरिवनले भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको थियो । स्थानीय जग्गा दाताबाट प्राप्त १६ कठ्ठा सात दशमलव ३४ धुरमा मालपोत र नापी कार्यालयको भवन निमार्ण भएको हो । १२ कठ्ठा सात दशमलव ३४ धुरमा मालपोत कार्यालय र चार कठ्ठामा नापी कार्यालयको भवन निर्माण भएको छ ।

विसं २०७७ मा रु तीन करोड ३१ लाख ४९ हजार सात सय २४ तीन पैसामा नापी र विसं २०७६ भदौमा रु छ करोड ९८ लाख ९७ हजार नौ सय ६२ ४४ पैसामा मालपोत कार्यालय भवन निर्माणको ठेक्का लागेको थियो । दुवै भवन ठेकेदार कम्पनीले समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको नापी तथा मालपोत कार्यालयले जनाएको छ । भवन निर्माण पश्चात सेवा प्रवाहमा सुविधा भएको मालपोत कार्यालय प्रमुख चण्डीप्रसाद कोइरालाले जानकारी दिएब ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ४ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।