१९ असार २०८१, मंगलबार | Tue Jul 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरका ४ विद्यालयहरुको एसईईको नतिजा शुन्य



ललितखबर
१५ असार । दक्षिण ललितपुरका ४ विद्यालयहरुको एसईई परिक्षाका दिएका सबै विद्यार्थीहरु अनुतिर्ण भएका छन् ।
दक्षिण ललितपुरको वागमती गाँउपालिका भट्टेडाँडास्थित श्री महाकालीदेवि, वागमती ४ इकुडोलस्थित शारदा शिक्षा सदन, कोज्योसोम गाँउपालिकाको गुप्तेश्वरी र वालेश्वरी विद्यालयका सबै विद्यार्थीहरु फेल भएका हुन् ।
वागमती ३ भट्टेडाँडास्थित श्री महाकालीदेवि माध्यामिक विद्यालयका प्रधानाध्यापक राजु बजगाँईले विद्यालयका ११ विद्यार्थीले परिक्षा दिएकोमा कसैले पनि ३५ नम्बर ल्याउन नसकेको बताए । उनले भने, यस पल्ट विद्यार्थीको पढाई कमजोर देखियो । अघिल्लो बर्ष १४ जनाले परिक्षा दिएकोमा ७ जनाले उर्तिण अंक ल्याएका थिए ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष स्थानीय व्यावसायी समेत रहेका डोलकेशर दाहाल रहेका छन् । वागमती गाँउपालिका  कार्यरत कर्मचारी सञ्जयसिंह विष्टले आउदो सोमबार सबै विद्यालयललाई नतिजासहित गाँउपालिकामा डाकिएको बैठकमा उपस्थित हुन पत्र पठाएको जानकारी दिए ।
वागमती गाँउपालिकाका कर्मचारी विष्टका अनुसार शारदा शिक्षा सदनमा १० जनाले परिक्षा दिएकोमा १० जना नै अनुतिर्ण भए । ३ जनाको एउटा मात्रै विषयमा अनुतिर्ण छन् भने ४ जना २ विषयमा अनुर्तिण छन् ।
कोञ्ज्योसोम गाँउपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आचार्यले कोञ्ज्योसोमका वालेश्वरी माध्यामिक विद्यालय र गुप्तेश्वरी माध्यामिक विद्यालयको एसईई परिक्षामा नतिजा शुन्य भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार  ३ : ३५ बजे