१९ असार २०८१, मंगलबार | Wed Jul 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


पत्रकार महासंघ, ललितपुरमा अधिकाशं गैरपत्रकार सदस्य समावेश



ललितखबर
१५ असार । पत्रकार महासंघले हिजो अबेर देशभरका आवद्ध शाखा र एशोसियटहरुमा आवद्ध सदस्यहरुको नामावली प्रकाशन गरेको छ ।
प्रकाशित नामावलीमध्ये ललितपुर शाखामा अधिकाशं गैरपत्रकारहरुको नाम उल्येख भएको पाइएको छ ।
महासंघले प्रकाशित गरेको ३ सय ६२ सदस्यमध्ये झण्डै ३० प्रतिशत गैरपत्रकार रहको, ३५ प्रतिशत पत्रकारितामा देखाउनका लागि मात्रै आवद्ध भएको, १५ प्रतिशत निश्क्रिय पत्रकार र २० प्रतिशत मात्रै पत्रकारिता गर्ने व्यक्तिहरुको सदस्य रहेको महासंघ सदस्य रहेका एक पत्रकारले बताए ।
प्रकाशित नामावलीमा नेकपा समाजवादी पार्टीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिना र निधन भइसकेका अष्टमान किसि महर्जनको समेत नाम समावेश गरिएको छ ।
पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले नाम हटाउनु पर्नेमा भूलबश नहटेको हुनसक्ने बताए ।
महासंघका पदाधिकारीहरुले पत्रकारितामा संलग्न नभएका विभिन्न पेशा व्यावसायमा संलग्न पार्टी निकट व्यक्तिहरुको कागजात र प्रकृया मिलाएर सदस्य बनाएको महासंघकै सदस्यहरु बताउछन् । ललितपुरमा सक्रिय पत्रकारिता गर्ने पत्रकारहरुको सदस्यता प्रकृया नपुगेको भन्दै सदस्यता दिन अस्वीकार गर्ने महासंघले विभिन्न शाखाबाट सदस्य स्थानान्तरण गर्ने समय समेत दिएको थिएन ।
पत्रकार महासंघमा गैरपत्रकारहरु सदस्य भएको र ती सदस्यहरुलाई हटाउने भन्दै महासंघले २०७९ पुस ८ र ९ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाबाट महासंघका महासचिव रोसन पुरीको संयोजकत्वमा पूर्वमहाचिव उजिर मगर र पूर्वसचिवद्वय रामप्रसाद दाहाल र धर्मेन्द्र कर्ण सदस्य रहेको ‘सदस्यता शुद्धीकरण समिति’ निर्माण गरेको थियो ।

 

 

प्रकाशित मिति : १६ असार २०८१, शनिबार  ५ : १४ बजे