१९ असार २०८१, मंगलबार | Wed Jul 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


पत्रकार महासंघ ललितपुर शाखामा प्रेस युनियनको ताल्चा



ललितखबर
१५ असार । पत्रकार महासंघ ललितपुरको कार्यालयमा नेपाली काँग्रेस पार्टी निकट भातृ संगठन प्रेस युनियन आवद्ध पत्रकारहरुले ताल्चा झुण्डाइदिएका छन् ।
जिल्लाको युनियन अध्यक्ष केदारनाथ दाहालले काँटाकव्जा ठोकेर ताल्चा झुण्ड्याइदिएको ललितखबरलाई बताए ।
उनले ललितपुरमा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सदस्यता दिलाउनुपर्नेलगायतको माग पुरा नभएसम्म ताल्चा नखोल्ने अडान रहेको सुनाए ।
पछिल्लो समय नेकपा माओवादी, एमाले र समाजवादीलगायत पार्टी सरकारमा रहेको र यी पार्टीसम्बद्ध भातृसंगठन आवद्ध पत्रकार संगठनहरु प्रेस सेन्टर,प्रेस चौतारी र समाजवादी प्रेस संगठनलगायत गठबन्धन गरेर नेतृत्व प्रतिश्पर्धा गर्ने भएपछि नेपाली काँग्रेस आवद्ध पत्रकार संगठन प्रेस युनियन विभिन्न मुद्दा बोकेर आन्दोलित छ । देशभर प्रेस चौतारी, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको बाहुल्य रहेकाले निर्वाचनपछि नतिजा फरक पर्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार  ५ : ३६ बजे