१९ असार २०८१, मंगलबार | Tue Jul 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढी पहिरोबाट २० दिनमा ४२ जनाको मृत्यु, ५१ घाइते



१५ असार । मनसुन प्रणाली भित्रिएयता देशमा जनधनको ठूलो क्षति भइसकेको छ । गएको जेठ २८ गते नेपालको पूर्वी भूभागमा मनसुन भित्रिएको थियो । केही दिन उक्त भूभागमा मात्र सीमित मनसुन देशभर फैलिइसकेको छ ।
नेपाल प्रहरीका अनुसार, जेठ २८ यता बाढीपहिरो, चट्याङबाट देशभर ४२ जनाको मृत्यु भइसकेको छ । त्यसरी ज्यान गुमाउनेमा २० पुरुष, १० महिला र १२ बालबालिका थिए । यो अवधिमा प्राकृतिक विपद्का ३७८ घटना रेकर्ड गरिएको छ ।

ती घटनामा परी ५१ जना घाइते भएका छन् । घाइतेमध्ये २३ पुरुष, १८ महिला र १० बालबालिका छन् । प्राकृतिक विपद्का घटनामा ६ करोड ९९ लाख ७९ हजार २०० रुपैयाँबराबरको धनमालको समेत क्षति भएको प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार  ४ : ०७ बजे