२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बाढी पहिरोबाट २० दिनमा ४२ जनाको मृत्यु, ५१ घाइते



१५ असार । मनसुन प्रणाली भित्रिएयता देशमा जनधनको ठूलो क्षति भइसकेको छ । गएको जेठ २८ गते नेपालको पूर्वी भूभागमा मनसुन भित्रिएको थियो । केही दिन उक्त भूभागमा मात्र सीमित मनसुन देशभर फैलिइसकेको छ ।
नेपाल प्रहरीका अनुसार, जेठ २८ यता बाढीपहिरो, चट्याङबाट देशभर ४२ जनाको मृत्यु भइसकेको छ । त्यसरी ज्यान गुमाउनेमा २० पुरुष, १० महिला र १२ बालबालिका थिए । यो अवधिमा प्राकृतिक विपद्का ३७८ घटना रेकर्ड गरिएको छ ।

ती घटनामा परी ५१ जना घाइते भएका छन् । घाइतेमध्ये २३ पुरुष, १८ महिला र १० बालबालिका छन् । प्राकृतिक विपद्का घटनामा ६ करोड ९९ लाख ७९ हजार २०० रुपैयाँबराबरको धनमालको समेत क्षति भएको प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।