२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रोल्पामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु



१७ असार । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको पुष्टि भएको हाे ।
मृतकहरुको सनाखत हुन बाँकी रहेकाे छ ।

माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुकी माडी गाउँपालिकाको परेवाछहरा भन्ने स्थानान सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भैरहवा रिफर गर्ने तयारी भइरहेको छ । पहिरो गएर बाटो बन्द भएको स्थानबाट अगाडि बढ्न नसकेपछि जिप रोकिएको र ब्याक गर्ने क्रममा भिरबाट तल खसेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, सोमबार  ५ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।