२१ असार २०८१, बिहिबार | Fri Jul 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ओलीले दोहोरो भूमिका खेले : माओवादी



१८ असार । नेकपा माओवादी केन्द्रले समीकरण बदलेर एमालेले कांग्रेससँग गरेको समझदारी ‘अस्वाभाविक’ भएको निष्कर्ष निकालेको छ ।

आज बिहान बालुवाटारमा पार्टीका पदाधिकारी र सरकारमा सहभागी मन्त्रीहरूसहितको बैठकले विकसित राजनीतिक परिस्थितिको सामना गर्ने निर्णय गरेको छ । माओवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेको आरोप लगाएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’सँग सोमबार लामो समय छलफल गर्दा एउटा कुरा र पछि कांग्रेससँग अर्को कुरा गरेको माओवादी केन्द्रको भनाइ छ । एमाले र कांग्रेसमात्र बसेर राष्ट्रिय सहमतिको सरकार बनाऔँ भनेर आह्वान गर्नु नै नमिल्दो कुरा भएको माओवादीको निष्कर्ष छ ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ८ : ०७ बजे