२१ असार २०८१, बिहिबार | Fri Jul 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिपक्षमा रहेका दललाई कांग्रेसले बोलायो छलफलमा



१८ असार । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूसँग छलफल गर्ने भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ प्रतिपक्ष दलको बैठक बोलाएका हुन्। देउवा निवास बूढानीलकण्ठमा बस्ने गरि बैठक डाकिएको हो।

बैठकमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति बनेपछि राष्ट्रिय सरकारमा सहभागी हुन आग्रह गरिने भएको छ।

छलफलका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दललाई बैठकमा बोलाएको जनाइएको छ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  ९ : २३ बजे