२१ असार २०८१, बिहिबार | Fri Jul 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


६० किलो सुन तस्करी प्रकरण : ८ अभियोगमा ६० जना प्रतिवादीविरुद्ध मुद्दा दायर



१८ असार ।  ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ८ अभियोगमा ६० जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको छ । ब्रेक सु र अन्य इलेक्ट्रिक समानमा राखेर गरिएको सुन तस्करीमा सलंग्न ६० जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दर्ता भएको हो ।

डमी कम्पनीबाट इलेकट्रोनिक मालवस्तु तथा ब्रेक सुमा लुकाएर गरी कुल ३ हजार १९४.६६८ के.जी अवैध सुन चोरी पैठारी गरेको देखिएको छ । यसमध्ये २ हजार ८३१.८९ केजी सुन पानी तान्ने मोटर लगायतका इलेक्ट्रोनिक सामानमा र बाँकी अरु ३६२.७७८ केजी ब्रेक सुमा लुकाएर तस्करी गरेको पाइएको छ । यो समूहले तस्करी गरेको कुल सुनको हालको बजार मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर भएको सीआईबीले जनाएको सीआइबीको प्रतिबेदनमा उल्लेख छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले दुई डिजिटल भुक्तानी प्रदायक कम्पनीहरूलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको छ ।

अवैध सुनको भुक्तानी प्रक्रियामा नेपालका पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा रकम जम्मा गरी अवैध सुनको भुक्तानी भएको अनुसन्धानमा देखिएको थियो ।

प्रकाशित मिति : १९ असार २०८१, मंगलबार  १२ : ०९ बजे