२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह



१९ असार । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको बैठकले प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गरिदिन आग्रह गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

लेखकले अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए।

‘अहिलेको यथार्थ राजनीतिक परिस्थितिको ठिक मूल्यांकन गर्दै मार्गप्रशस्त गरिदिन हामीले आज प्रधानमन्त्रीलाई आग्रह गरिएको छ,’ उनले भने, ‘एमालेले पनि प्रधानमन्त्रीलाई अनुरोध गरिसकेको छ। प्रधानमन्त्रीले मार्गप्रशस्त गरेमा तुरून्त नयाँ सरकार बन्छ। तर संविधानअनुसार उहाँले विश्वास मत लिन खोजे एक महिना समय त पाउनु हुन्छ।’

प्रकाशित मिति : २० असार २०८१, बुधबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।