२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेका मन्त्रीहरुले दिए राजीनामा



१९ असार । एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा पत्र बुझाएका हुन्।

बुधबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाएका हुन् । प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।

उनीहरुले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्यले पार्टीले आजै सरकारलाई दिएको समर्थन फिर्ता गरेको भन्दै राजीनामा दिएको व्यहारो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बुधबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।