२४ असार २०८१, आइतबार | Sun Jul 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्यो धापाखेलको पहिरो, जसका कारण ललितपुरका मेयर महर्जनलाई अख्तियारको पत्र



२० असार
काठमाडौं । २०७७ साउन ७ गते ललितपुर महानगर २४ धापाखेलमा पहिरो गयो । पहिरोले दुई वटा टहरो बगायो । जोखिमपछि स्थानीयले ४ वटा घर खाली गराए । दर्जनभन्दा बढी घर जोखिममा परेपछि स्थानीय त्रसित बने ।
यही पहिरोका पिडितलाई महानगरले साढे एक लाख र साढे दुई लाखका दरले राहत बाढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ ।
केही समयअघि बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेको थियो । उजुरीपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ ।

पहिरो गएपछि एक आपसमा छलफल गर्दै त्रसित स्थानीयबासिन्दाहरु ।

ललितपुर महानगर २४ का तत्कालीन वडाध्यक्ष दिनेश कार्कीका अनुसार ४ वटा घर पहिरोले बगाउन ठिक्क परेर बसेको छ भने दर्जनभन्दा धेरै घर जोखिममा परेका बताएका थिए ।
धपाखेलस्थित पशुपति टोलका शंकर देउला,रुकमणी बानिया,कमल श्रेष्ठ, सुधिर आचार्य,उमेश श्रेष्ठ,तुलसा बज्राचार्य,शेर बहादुर श्रेष्ठलगायतका घरहरु पहिरोको जोखिममा परेको बताएका थिए ।
पहिरो गएपछि तत्कालीन संघीय सासंद भुसाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट धापाखेल पुगेर निरिक्षण गरेका थिए ।

पत्र काटेसँगै महानगरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल निर्माणको क्रममा मन्दिरको जग्गा मिचेको भन्दै बुधबार ललितपुर महानगरपालिकाले डोजर चलाएको थियो ।
ललितपुर महागरले बुधबार मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित आयुक्त अमात्यको घरको पर्खालमा डोजर चलाएको हो ।
मन्दिरको जग्गा मिचेको भन्दै महानगरपालिकामा स्थानीयले उजुरी दिएको महानगरको भनाई छ ।
गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरको भनाई छ ।

 

प्रकाशित मिति : २१ असार २०८१, बिहिबार  ३ : ०९ बजे