२४ असार २०८१, आइतबार | Sun Jul 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न एमालेको ध्यानाकर्षण



२० असार ।एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुनै पनि दीर्घकालीन असर हुने काम नगर्न ध्यानाकर्षण गराएको छ ।

महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेकोले दीर्घकालीन असर हुने काम नगर्न ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमत भइसकेकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था पनि नरहेको उल्लेख गर्दै एमालेले सरकार अल्पमतमा परिसकेको बताएको छ ।

प्रकाशित मिति : २१ असार २०८१, बिहिबार  ११ : १३ बजे