२४ असार २०८१, आइतबार | Sun Jul 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रास्वपा ‘डम्पिङ साइट’ भयो : मुकुल ढकाल



२० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल जुन प्रतिवेदनका कारण पार्टीको कारवाहीमा परेका थिए उनी आफैंले उक्त प्रतिवेदन सार्वजनिक गरेका छन् ।

आज ह्वाट्सएप ग्रुपमार्फत उनले ३३ पेज लामो उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा पार्टीको जनमत घट्दै गएकोदेखि पार्टीमा ग्यालेक्सी टिभीका मान्छे धेरै भएको र रास्वपा अन्य पार्टीको ‘डम्पिङ साइट’ भएको विषय समेटिएको छ । ३३ पृष्ठको उक्त प्रतिवेदनमा महामन्त्री ढकालले रास्वपाले अन्य दलसँग भन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँगै सहकार्य गरेर जान सकिने सुझावसमेत दिएका छन् ।

बुधबार बसेको पार्टी केन्द्रिय सदस्यको बैठकमा मुखमा टेप टाँसेर प्रस्तुत भएका ढकालले उक्त प्रतिवेदन पार्टीभित्र छलफल नहुँदै सार्वजनिक गरेको भनेर कारवाहीसमेत भोगिसकेका छन् ।

प्रकाशित मिति : २१ असार २०८१, बिहिबार  १ : ४५ बजे