६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्कियो, २ जना बेपत्ता



२१ असार । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका हिन्दीस्थित रहेको इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा दुईजना बेपत्ता छन् ।

शुक्रबार दिउँसो करिब २ बजे भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थित सुरूङ ढलान गर्ने क्रममा भासिएको थियो।
त्यहाँबाट ९ जना मजदुरको उद्धार गरिएको प्रहरीले जनाएको छ।

घाइते भएका उनीहरूको उपचारका लागि बाह्रबिसे नगरपालिका वडा नम्बर ४ स्थित किस्टोन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरन्जन भट्टराईले जानकारी दिए।

बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय रामदिन थारु र सुमन थारू बेपत्ता छन्।

प्रकाशित मिति : २२ असार २०८१, शुक्रबार  ११ : ४३ बजे