२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देशभर अविरल बर्षा



२२ असार । शनिबार देशभर अविरल बर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही ति तीन प्रदेशका अधिकांश भूभाग र बाँकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।

शनिबार दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।

थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको र चार प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अति भारी वर्षा हुने महाशाखाको पूर्वानुमान् छ।

राति पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा राति पनि भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०–५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०–१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी प¥यो भने अति भारी वर्षा भनिन्छ।

प्रकाशित मिति : २३ असार २०८१, शनिबार  १ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।