२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रवि लामिछाने क्लबबाट निकालिएकाे हुँ, रास्वपाभित्र घन्टी बज्न रोकिँदैन : मुकुल ढकाल



२५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेपछि मुकुल ढकालले आफू रवि लामिछानेको क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्। पार्टीबाट निष्कासित भए पनि रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने उनले बताएका छन्।

‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घन्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घन्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि …,’ ढकालले सामाजिक सञ्जालमा लेखेका छन्।

मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्दै साधारण सदस्य मात्र रहने गरी कारबाही गरेपछि ढकालको यस्तो प्रतिक्रिया आएको हो।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ७ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।