मुग्लिन (चितवन)
२७ असार । काठमाडौं मधेश आउने जाने पृथ्वीरामार्ग पहिरोका कारण अहिले पनि राम्रोसँग खुलेको छैन ।अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी मात्रै खुला भएको छ ।
अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिएकी छिन । उनले आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने बताइन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो । सडक अवरुद्ध बनेपछि दुबै तिर सवारी साधनहरुको लामो जाम परेको थियो ।
निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सो राजमार्गमा दैनिक कति सवारी साधन आवतजावत हुन्छ भन्ने एकीन जानकारी सरकारी निकायसंग छैन ।
२८ असार २०८१, बिहिबार
136
Shares
प्रतिक्रिया