२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फाइल खोलेको २४ घण्टामा सरकार ढल्योः रवि लामिछाने



२८ असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका छन्।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताएका हुन्। उनले केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको दाबी गरे।

उनले भने, ‘फाइल खुलेको २४ घण्टामा सरकार ढाल्नुभयो। कसरी खोल्ने फाइल? सरकार के कारणले ढल्यो? हाम्रो सहमती के भयो भनेर तपाईहरुले सदनलाई ढाँट्नुभयो। यो देशको बच्चा बच्चालाई थाहा छ सरकार किन ढल्यो? यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो? स्पष्ट छ। केही नियुक्ति र बेचन झा, प्रतिक थापाको पक्राउ बाहेक यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन।’

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  १० : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।