२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नारायणीमा भेटिएको शव गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि



२९ असार । चितवनको भरतपुर-२८ स्थित नारायणी नदी किनारमा फेला परेको पुरुषको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । नारायणी नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो ।

शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ ।

काठमाडौँबाट रौतहटको गौरतर्फ जाने क्रममा पहिरोमा परेर बेपता भएको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा २९ जना सवार यात्रु रहेका थिए । उनी पनि त्यहि बसमा सवार भएको पत्ता लागेको छ ।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  १० : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।