२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलीले लिए शपथ



३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेषसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्।

राष्ट्रपति पौडेलले आइतबार साँझ ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरेका थिए। असार २८ गते विश्वासको मत पाउन नसेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए।

ओकांग्रेस र एमालेबीच सरकार सञ्चालनका लागि गठबन्धन गर्ने सहमति असार १७ मा भएसँगै ओलीको चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्।

ओली सरकारमा कांग्रस, एमालेसहित जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुनेछन्।

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ६ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।