२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बधाई दिनेहरुको लस्कर बढ्न थालेपछि प्रधानमन्त्री ओली भने, ‘खादा र माला प्रयोग नगर्नुस्, डिजिटल माध्यमबाट शुभकामना दिनुस्’



२ साउन । मन्त्री प्रधानमन्त्री नियुक्तीपछि खादा माला लिएर मन्त्रालय र निवासमा भेट्ने नेता कार्यकर्ताको लस्कर लाग्ने गरेको छ ।
कतिपय ठाँउ कुठाँउमा माला खादा बोकेर भेट्न आउँदा बाधा समेत पर्ने गरेको छ ।
बधाई दिनेहरुको लस्कर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन आग्रह गरेका छन् ।
डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुने प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।
बधाई दिनेहरुको लस्करले ल्याएको खादा, माला र बुकी सचिवालयलाई व्यवस्थापनमा समस्या हुने गरेको छ । बधाई दिन प्रयोग हुने यस्ता महँगा सामाग्री पुन प्रयोग नहुने र फोहोरमा फ्याक्दा लाखौंको खर्च बढ्ने गरेको छ ।

 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  २ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।