६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कुकुर मारेको निहुँमा छोराद्वारा बाबुको हत्या



२ साउन । नवलपरासी पूर्वमा छोराले ढुंगा प्रहार गरी बाबुको हत्या गरेका छन्। बुधबार बिहान सवा ११ बजे कावासोती नगरपालिका-५ ठकुरीचोकमा बुबा-छोराबीच झगडा हुँदा ढुंगा प्रहार हुँदा बुवा ४३ वर्षीय प्रेम कुमालको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निराजनबीच झगडा भएको थियो। प्रेमको कुटाईबाट घरमा पालेको कुकुरको मृत्यु भएको थियो।
सोही विषयमा झगडा हुँदा निराजनले बाबुमाथि ढुंगा प्रहार गरेको डिएसपी पौडेलले बताए। उनका अनुसार ढुंगा टाउकोमा लाग्दा प्रेमको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाबारे खबर पाएपछि प्रहरी निरीक्षक बिक्रम रिजालको कमाण्डमा सात जनाको टोली खटिएको छ। उक्त टोलीले छोरा निराजनलाई पक्राउ गरेको छ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ८ : ५६ बजे