६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चितवनमा रेलमार्ग सर्भे टोलीको गाडीमा आगजनी



२ साउन । चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन् ।

बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको टोली र गाडीलाई स्‍थानीयले घेराउ गरेका थिए । नियन्त्रणमा लिएको गाडीमा उनीहरूले आगजनी गरेका हुन् ।

गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको छ । पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो ।

वडा नम्बर ८ मा मंगलबार नै सर्भे गरिएको थियो । त्यहाँ सकेर वडा नम्बर ८ कृष्णपुरमा बुधबार बिहान पुग्दा स्थानीयले नियन्त्रणमा लिएको हो ।

बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : ४४ बजे