२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजधानीको शंखपार्कमा दुई मोटरसाइकल र एक स्कुटर ठक्करपछि एक युवकको मृत्यु, एक घाइते अर्का नियन्त्रणमा



२ साउन । राजधानीको शंखपार्क सडकमा दुई मोटरसाइकल र स्कुटर एक आपसमा ठक्करपछि एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–४ शंखपार्कस्थित सडकमा मंगलबार दिउँसो बा.प्र.०२–००६ प ८३०६ नम्बरको मोटरसाइकल, बा.प्र.०२–०३४ प ३९७२ नम्बरको मोटरसाइकल र बा. ६३ प ८६०१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनापछि बा.प्र.०२– ००६ प ८३०६ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरत गुरूङको मृत्यु भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
दुर्घटनामा घाइते भएका १ जनाको चिरायू अस्पताल वसुन्धारामा उपचार भइरहेको छ भने स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ३ : ४१ बजे