२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


दक्षिण ललितपुरकी ब्लड क्यान्सरको उपचाररत भोम्जनलाई आर्थिक सहयोग



ललितपुर
४ साउन । दक्षिण ललितपुरकी ब्लड क्यान्सरको उपचार गराईरहेकी भोम्जनकी ६ वर्षीय छोरी जेनिशा भोम्जनलाई आर्थिक सहयोग गरिएको छ ।

दक्षिण ललितपुरको बागमती गाउँपालिका ५ इकुडोलका निवासी भोम्जनको भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।

रोटरी क्लव अफ महाबौद्धमा आबद्ध रोटरियनहरुबाट सङ्कलित रु ५० हजार ६ सय तथा धापाखेल स्थित रिजेन्ट स्कुलको इन्ट्र्याक्ट क्लव अफ रिजेन्टका विद्यार्थीहरुबाट सङ्कलित रु १० हजार १ सय ५० गरी कुल ६० हजार ७ सय५० रुपैयाँ जेनिशाका बाबू प्रेम भोम्जनलाई अस्पतालमै पुगी हस्तान्तरण गरिएको हो ।

ज्यालामजदुरी गरेर परिवार पालिरहेका भोम्जनको परिवारको आर्थिक अवस्था राम्रो नभएको कारण जेनिशाको उपचारमा समस्या रहेको बताइएको छ । यतिबेला उनको उपचारको लागि पारिवार विभिन्न ठाउँमा सहयोगको लागि सम्बन्धितले याचना गरिरहेका छ ।
विश्वव्यापी संस्था रोटरी इन्टरनेशनल अन्तर्गतको रोटरी क्लव अफ महाबौद्धका वर्तमान प्रेसिडेन्ट वीरङना महर्जन,पास्ट प्रेसिडेन्ट गुप्त राना,प्रेसिडेन्ट नोमिनी नवराज सञ्जेल,कोषाध्यक्ष गोपाल प्रसाद घिमिरे तथा इन्न्ट्र्याक्ट क्लव रिजेन्ट स्कुल धापाखेलका प्रतिनिधिहरुको सहभागितामा उक्त सहयोग रकम उपलब्ध गराईएको हो ।
रोटरी क्लव अफ महाबौद्धका प्रेसिडेन्ट नोमिनी नवराज सञ्जेलको पहलमा सो सहयोग उपलव्ध गराइएको हो ।

 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  २ : ५४ बजे