५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यी हुन् त्रिशूली दुर्घटनामा हालसम्म भेटिएका २३ शव(सूचीसहित)



४ साउन । त्रिशूलीमा दुई वटा डिलक्स बस दुर्घटनामा भएका २३ जनाको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार ९ जनाको सनाखत हुन सकेको छैन । सनाखत नभएका शवहरु ८ जना पुरष र १ जना महिलाको छ । असार २८ मा काठमाडौँंबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको

बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् । बसमा सवार अन्य यात्रु र दुवै बस बेपत्ता छन् ।
भरतपुर महानगरपालिका स्थित गोलाघाट, पूर्वी नवलपरासीमा पर्ने ब्यारेज पुल, गण्डक नहर र नवलपरासी पश्चिमको त्रिवेणीमा शव भेटिएका हुन् । पूर्वी नवलपरासीमा १६ वटा शव भेटिएको छ ।

फेला परेका शव:

१. ऋषिपाल शाह, भारत

२. विकाश परियार, चितवन

३.रमित कुमार माझी, सर्लाही

४. जय प्रकश ठाकुर, भारत

५. सजाद अन्सारी, भारत

६. सुदिप बिक, चितवन

७. प्रमानन्द पण्डित, बारा

८. किशोर कुमार चौधरी, गणपति डिलक्सको चालक ।

९. अशोक कुमार यादव, रौतहट

१०.ऋषिकुमार सिंह, रौतहट

११. विवेक कुमार, भारत

१२. जितेन्द्र राम महरा, सर्लाही

१३. चन्द्र प्रभा कुमारी, पर्सा

१४. अमृता कुमारी, रौतहट ।

९ जनाको सनाखत हुन बाँकी रहेको ।

 

 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ८ : ३५ बजे