५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मबाट अनैतिक कार्य भएको छैन र हुनेछैन : उपसभामुख राना



४ साउन । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि अमेरिकी दूतावासलाई लेखेको पत्रलाई लिएर निकालिएको विवादबारे प्रस्टीकरण दिएकी छिन्।

उपसभामुख रानाले आज एक विज्ञप्ति निकाली आफूबाट कुनै अनैतिक कार्य नभएको स्पष्ट पारेकी हुन्। उपसभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र अमेरिकामा आयोजित कार्यक्रममा जानका लागि आएको निमन्त्रणलाई स्वीकार गरेर आफू कार्यक्रममा सहभागी भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन्।

त्यसक्रममा सोही कार्यक्रममा सहभागी हुन अन्य केहीलाई पनि निमन्त्रणा आएको र उनीहरूलाई अन्तर्वार्ताका लागि मिति दिइदिन अनुरोध गरेकाले आफूले सो पत्र लेखेको उनको भनाइ छ।

करुणाभावले सहयोग गर्न खोजेको विषयलाई झन्डै डेढ वर्षपछि विवादित बनाउन खोजिएको भन्दै उपसभामुखले यसलाई आफूविरुद्धको नियोजित कदमका रूपमा लिएको बताएकी छिन्।

‘मैले नेपालस्थित अमेरिकी राजदूतावासलाई अन्तर्वार्ताको मिति राखिदिन अनुरोध मात्र गरेकी थिएँ । कसैलाई भिसा दिने वा नदिने स्वनिर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रियाबमोजिम नै गर्ने हुन्छ । मैले कसैको भिसाका लागि अनुरोध गरेको छैन,’ उनले विज्ञप्तिमा भनेकी छिन्, ‘मेरो स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् । तर, अनैतिक कार्य मबाट भएको छैन र हुनेछैन ।’

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  १२ : १६ बजे