५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द विर अस्पतालमा भर्ना, स्वास्थ्य क्रमिक सुधार 



काठमाडौ
५ साउन । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द विरामी भएपछि काठमाडौं स्थित सरकारी अस्पताल विर अस्पतालमा भर्ना भएका छन् ।
पुर्व प्रधानमन्त्रीहरु स्वास्थ्यमा समस्या आउने वित्तिकै विदेशमा महँगा अस्पतालमा सरकारी खर्चमा उपचार गर्न गइरहेको सन्दर्भमा पुर्व प्रधानमन्त्री चन्द भने विर अस्पतालमा गतविहीबारदेखि उपचार गराइरहेका छन् ।
बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए । उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मङ्गलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वप्रधानमन्त्री लाई भेटेरै स्वास्थ्य लाभको कामना गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दसहित पुगेका उद्योगमन्त्री भण्डारीले पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यलाभको कामना गर्दै घर फर्किएपछि मन्त्रालयका सुझाव लिन निवासमै आउने समेत बताएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १० : ३३ बजे