ललितपुर ७ साउन । आजबाट देशभरका महादेवको मन्दिरहरुमा श्रावणी मेला सुरु भएको छ ।
साउन महिनाको हरेक सोमबार हिन्दु महिलाहरु महादेवको पुजा अर्चना गर्न महादेवको मन्दिरमा जाने गर्दछन् ।
देशभरका नदिनालाबाट शुद्ध जल ल्याएर महादेवको मन्दिरमा चढाउन बोलबम यात्रा आजैका दिन हुने गरेको छ ।
आज विहानैबाट राजधानीको पशुपतिलगायत मन्दिरहरुमा भक्तजनहरुको भीड छ ।
प्रतिक्रिया