ललितपुर ७ साउन । आजबाट देशभरका महादेवको मन्दिरहरुमा श्रावणी मेला सुरु भएको छ ।
साउन महिनाको हरेक सोमबार हिन्दु महिलाहरु महादेवको पुजा अर्चना गर्न महादेवको मन्दिरमा जाने गर्दछन् ।
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न आएका भक्तजनको घुइँचो । लेन्स : हरिराम भेटुवाल / रासस
देशभरका नदिनालाबाट शुद्ध जल ल्याएर महादेवको मन्दिरमा चढाउन बोलबम यात्रा आजैका दिन हुने गरेको छ ।
आज विहानैबाट राजधानीको पशुपतिलगायत मन्दिरहरुमा भक्तजनहरुको भीड छ ।
जनकपुरधाम उपमहानगरपालिका- १६ स्थित कपिलेश्वरनाथ महादेव मन्दिरमा साउनको पहिलो सोमबार शिवलिङ्गमा जल चढाउँदै भक्तजन । दाङको घोराही उपमहानगरपालिका-१८ स्थित अम्बिकेश्वरी मन्दिरमा साउन महिनाको पहिलो सोमबार पूजा गर्न भक्तजनको घुइँचो । लेन्स : कुलदीप न्यौपाने /रासस निरंजनकुमार साह / रासस
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न आएका भक्तजन । लेन्स : हरिराम भेटुवाल / रासस
साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा झरीका बिच पनि दर्शन गर्न लामवद्ध भक्तजनको घुइँचो । लेन्स : हरिराम भेटुवाल / रासस
प्रकाशित मिति :
७ श्रावण २०८१, सोमबार ३ :
५१ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया