२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने



७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राहीको राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ वटै स्थानीय तहका नाममा परिपत्र जारी गर्दै सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राहीको राष्ट्रिय परिचयत्र अनिवार्य नगरिएको जानकारी गराएको हो।

मन्त्रिपरिषदको जेठ २४ गतेको बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय भई असार १० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशन भएको थियो। देशभर निरन्तर परेको वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरो र विपद्को अवस्था सिर्जना हुन गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएको भन्दै विभागले उक्त प्रयोजनका लागि हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ३ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।