२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विमान दुर्घटना : कस्तो छ पाइलटको अवस्था ?



९ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ ।
बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।

उनको आँखाको अप्रेसन गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनी हाल बोल्न सक्ने अवस्थामा छन् । उनको शरीरमा जलन नभएपनि चोटमात्र देखिएको अस्पतालको भनाइ छ ।

विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको मात्र सकुशल उद्धार भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ११ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।