२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सौर्य एयर दुर्घटनाः मृतकको पोस्टमार्टम सकियो, आजै आफन्तलाई शव दिइने



११ साउन । सौर्य एयरको विमान दुर्घटनमा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टमको काम सकिएको छ। शुक्रबर बिहान शव पोस्टमार्टमको काम सकिएको र अब शव पहिचानको काम सुरु भएको अस्पतालले जनाएको छ।

मृतकका परिवारले भने क्षतिपूर्तीको विषय टुंगो लगाएपछि मात्रै शव बुझ्ने अडानमा छन्। उनीहरूसँग सरकारी पक्षले छलफल थालेको छ। अस्पतालका फोरेन्सिक विभागका प्रमुखप्रमुख डा. गोपाल प्रसाद चौधरीका अनुसार, लगातार गरिएको पोस्टमार्टमपछि शुक्रबार बिहान काम सकिएको हो। चौधरीका अनुसार दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ ।

पोस्टमार्टमका लागि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भक्तपुर जिल्ला अस्पताल समेतका गरी २५ जना चिकित्सकहरू खटिएका थिए।

सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरिरमा स्थायी रुपमा बनेका संकेतहरू ९खत, ट्याटु लगायत० हेरिनेछ।

त्यस्ता साइनबाट कुनै पहिचान हुन नसकेको खण्डमा मात्रै डीएनएको प्रक्रियामा जाने डा. चौधरीले बताए। पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सौर्य एयरलाइन्सका व्यवस्थापकसहित कर्मचारी र आफन्त गरी १८ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ९ : २५ बजे