२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको नखिपोट क्षेत्रमा चितुवा देखेपछि स्थानीय त्रसित



ललितखबर
११ साउन । ललितपुर महानगर १४ नखिपोट आसपास चितुवा घुम्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
एक स्थानीयका अनुसार कान्तिपुर कोलोनी,लभडाँडा,दुनिया पाखा र नख्खुडोल क्षेत्रमा चितुवा देखिएपछि स्थानीय बासिन्दालाई हिडडुल गर्न समस्या परेको हो ।
सहरको छेउ र जंगलसँगै बस्ती भएकाले चितुवा लुक्न सझिलो भएको छ । बर्षा याममा बोटविरुवा हलक्कै बढेकाले पनि चितुवालाई बस्न सझिलो भएको हो ।
चितुवाको त्रास बढेपछि महानगरको वडा कार्यालयले सूचना प्रकाशित गरेर मर्निङ वाक, इभिनिङ वाक नगर्न स्थानीयलाई सचेत गराएको छ । आफ्ना घरपालुवा जनवार थुनेर राख्न र स्थानीयलाई घरमै बस्न वडाध्यक्ष अमृतजंग महतको हस्ताक्षर सहित जारी सूचनामा भनिएको छ ।
पछिल्लो समय यस क्षेत्रमा चितुवाले पशुपञ्छी र चौपाया मार्ने गरेको छ ।
३ बर्षअघि सुनाकोठीस्थित एक जग्गा प्लटिङमा काम गरिरहेका मजदुरहरुलगायतलाई आक्रमण गर्दा ५ जना घाइते भएका थिए ।

 

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ४ : ०४ बजे