ललितखबर
१२ साउन । ललितपुरको धापाखेलमा शुक्रबार सुरु भएको ललितपुर साँस्कृतिक तथा व्यापार महोत्सवमा आज सर्वसाधारणको भीड लागेको छ ।
शनिबार सार्वजनिक विदा परेकाले सर्वसाधारणको भीड बढेको मेलाका सास्कृतिक संयोजक सुवास महतले ललितखबरलाई बताए । उनले भने, आज ६ हजार ५ सय हाराहारी दर्शक मेलामा आएका थिए ।
उनले शनिबार कलाकारहरुको विशेष प्रस्तुती रहेका कारण पनि भीड बढेको बताए । उनले भने, ‘महोत्सव प्रवेशमा शुल्क लाग्दैन । राष्ट्रिय स्तरका कलाकारले हरेक दिन प्रस्तुती दिने भएकाले सर्वसाधारण झुम्मिएका हुन् ।’
उनका अनुसार आज गायिका सुजाता केसी, प्रिति आले,रमेश श्रेष्ठ (मेलोडी) र रवि रिमाललगायतले स्टेज तताएका थिए ।
ललितपुर महानगरपालिका २३ स्थित जेम्स स्कूल अगाडि शुक्रबारबाट सुरु भएको महोत्सव साउन २६ गतेसम्म चल्नेछ ।
महोत्सवका व्यवस्थापक दिपक दाहालका अनुसार मेलामा वालवालिकाहरुका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको छ । रोटेपिङ, ड्राइगन रेल,डुंगालगायत चढेर वालवालिकाले मनोरञ्जन लिन सक्नेछन् ।
यहाँ सर्वसाधारणका लागि विभिन्न फुडस्टल छन् । यहाँ स्थानीय महिलाहरुले निर्माण गरेको हस्तकलाको सामाग्रीको प्रर्दशनी अगाँनिक उत्पादनको बिक्रि वितरण भइरहेको छ ।
मेलामा विशेष ४ दिन बाहेक अन्य दिन निशुल्क प्रवेश गर्न साइने व्यवस्थापक दाहालले बताए । उनले भने, ‘यस्ता मेलामा निःशुल्क प्रवेश गर्ने व्यवस्था अरु ठाँउमा हुँदैन । हामीले स्थानीय संस्कृती र उत्पादनको प्रचार र प्रोत्साहन गर्न निशुल्क प्रवेशको व्यवस्था गरेका छौं । साउन १८,१९२५ र २६ गते विषेश प्रस्तुती रहनेछ ।’
मेला व्यवस्थापक अरविन्द्र जैसवालले महोत्सव स्थल बिजुली बत्तीले झिलिमिलि बनाइएको उनले बताए । मेलामा १ सयभन्दा धेरै स्टल रहेको उनको भनाई छ ।
उनका अनुसार महोत्सवको प्रचारका लागि ललितपुरका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको, व्यानरलगायत प्रचार सामाग्री टाँगिएको बताएका छन् ।
मेलाका साँस्कृतिक संयोजक सुवास महतका अनुसार कार्यक्रममा धिमेबाजा, लाखेनाचलगायतका विभिन्न सास्स्कृतिक प्रस्तुती समेत रहने जानकारी दिए
प्रतिक्रिया