५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मध्यरातमा भुकम्पको धक्का महसुस



१३ साउन
काठमाडौं । गएराती भुकम्पले धक्का दिएको छ । पुर्वी नेपालको ताप्लेजुङ खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

२०७२ बैशाख १२ गते भएको महाभुकम्पपछि ९ बर्षसम्म देशभर साना ठूला हजारौं भुकम्प र पराकम्प गइरहेको छ ।
भुकम्पविदहरुले पश्चिम नेपालमा लामो समयसम्म ठूला भुकम्प नगएका कारण शक्ति सञ्चय भइरहेको र ठूलो क्षति पु¥याउने भुकम्प जानसक्ने आकलन गर्दै चेतावनी दिइरहेका छन् ।
देशभर सरकारले भुकम्पबाट क्षति कम हुने संरचना निर्माणको लागि नीति निर्माण र प्रोत्साहन दिने कार्यक्रम लागू गरेको छैन । सोही कारणले भुकम्पबाट ठूलो क्षति हुनसक्ने भन्दै सरोकारवालाहरु चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  २ : ५१ बजे