५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली



१३ साउन । सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आज फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुवाहक बस खोज्न आएको भारतीय टोली आफ्नो दश फर्किएको हो ।

साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो । लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ ।

अत्याधुनिक सोनार क्यामेरालगायतका उपकरणसहित १२ सदस्यीय टोलीले खोजी कार्य सुरु गरेको थियो । भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी राख्ने महाशाखाले जनाएको छ ।

असार २८ गते चितवन महानगरपालिका-२९, सीमलतालमा गएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुवाहक बस बेपत्ता छन् ।

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस लेदोसहितको पहिरोले बगाएपछि त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १० : ५० बजे