ललितखबर
१४ साउन । आज दोश्रो साउनको सोमबार । देशभरका शिव मन्दिरमा हिन्दु महिलाहरुको लस्कर लागेको छ । हरेक साउनको सोमबार हातमा मेहेन्दी, हरियो चुरा र हरियो र रातो साडी लगाएर ब्रत बसेर शिवको पुजा आरधना गर्ने परम्परा रहेको छ ।
आजैका दिन खाली खुट्टामा ब्रत बसेका बोलबम यात्री भक्तजनहरु नजिकको जलाशयबाट शुद्ध जल बोकेर शिव मन्दिरमा चढाउने गर्छन् ।
बिहानै देखि राजधानीको पशुपति, डोलेश्वर, सन्तानेश्वर,भृङ्गेश्वर र तीलेश्वरलगायत शिव मन्दिरमा दर्शनार्थीको भीड छ ।
प्रतिक्रिया