पोखरा
१४ साउन
पोखरामा स्कूल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना विद्यार्थी घाइते भएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग १ प ६२१९ नम्बरको एलपी देवकोटा मेमोरियल विद्यालयको स्कुल बस दुर्घटना बसका सहचालक आरती विकको मृत्यु भएको हो ।
बसमा २० जना विद्यार्थीसँगै चालक र सहचालक गरे २२ जना यात्रारत थिए
बसका चालक पनि घाइते छन् । उनको नाम वतन खुलेको छैन ।
। पहाडको बाटोमा गुडिरहेको बस सडकबाट पल्टेर तल्लो सडकमा बजारिएको छ । बसको अगाडिको भाग क्षतिग्रस्त छ ।
विद्यार्थीहरुको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया