ललितखबर
१८ असार । गायिका ज्योति मगर आज ललितपुरको धापाखेलमा जारी ललितपुर साँस्कृतिक तथा व्यापार मेलामा दर्शकलाई गीत गाएर नचाउने भएकी छिन् ।
गायिका मगर स्टेजमा दर्शक नचाउने किसिमका गीत र नृत्य प्रस्तुत गर्ने गायिकाका रुपमा चर्चामा छिन् । कतिपय ठाँउमा उनको गीत र शैलीलाई लिएर आलोचना समेत भएको सुनिन्छ ।
मेलाका सांस्कृतिक संयोजक सुवास महतका अनुसार ज्योति मगर आज साँझ मेला स्थलमा प्रस्तुती दिन आउने भएकी हुन् । उनीसँगै मेलामा नवराज घोरासैनी, उर्गेन दोङ, रेश्मा तिमल्सिना(बुनुमैचा), किशोर भण्डारी(डिठ्ठासाप) रमेश श्रेष्ठ(मेलोडी),दिपेन्द्र सोनाम,सुनिता ल्यामगड र सविना दाहालले समेत प्रस्तुती दिनेछन् ।
मेलाका लागि आज वागमती प्रदेश युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, ललितपुर जिल्ला समन्वय प्रमुख ऋषिदेव फुँयाल र गोदावरी नगरका प्रवक्ता मिलन सिलवाललगायतलाई अतिथी निम्त्याइएको संयोजक महतले ललितखबरलाई बताए ।
ललितपुर महानगर २३ धापाखेलस्थित जेम्स स्कूल नजिकै यही साउन ११ गतेदेखि जारी मेला साउन २६ गतेसम्म चल्नेछ ।
मेलामा हरेक दिन अपरान्हपछि विभिन्न राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुले प्रस्तुती दिइरहेका छन् ।
नागपञ्चमीको पुर्वसन्ध्यामा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै महोत्सव सुरु भएको हो ।
महोत्सवका व्यस्थापक दाहालका अनुसार मेलामा वालवालिकाहरुका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको छ । यहाँ रोटेपिङ, ड्राइगन रेल,डुंगालगायतमा वालवालिका मनोरञ्जन लिन सकिन्छ ।
ललितपुर महानगर २३ र २४ वडाका स्थानीय महिलाहरुले निर्माण गरेको हस्तकलाको सामाग्रीको प्रर्दशनी गरिएको छ । मेलामा १ सयभन्दा धेरै स्टल रहेको उनी बताउछन् ।
प्रतिक्रिया