५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त



२० साउन । नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले शाहलाई आइतबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री दीर्घ सोडारीले शुक्रबार राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आइतवार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकारको आह्वान गरेका थिए।

आइतबार उनी एमालेको सर्मथनमा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन । पहिलोपटक उनी २०७९ माघ २६ मा मुख्यमन्त्री बनेका थिए समीकरण फेरिएपछि शाहले चैत २२ मा राजनीतिक राजीनामा दिएका थिए ।

उनी समग्रमा सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन् । प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भए।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १२ : २० बजे