५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त



२० साउन । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन्।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्। मन्त्रालयले पुन र आचार्यलाई स्पष्टीकरण सोध्दै पदमुक्त गरेको हो। प्राधिकरण र उद्योगीबीचको विवादमा बक्यौता नउठाई ६ उद्योगको लाइन पुनः जोड्न नहुने भन्दै पुन र आचार्यले सञ्चालक समिति बैठकमा नोट अफ डिसेन्ट लेखेका थिए।

सोसँगै स्पष्टीकरण सोधेको मन्त्रालयले चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो। उनीहरु पदमुक्त हुनासाथ नयाँ सञ्चालक नियुक्ति गरिएको हो।

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  १२ : २३ बजे