५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


यात्रुवाहक जीप दुर्घटना हुँदा सात घाइते



दाङ
२० साउन । दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आज साँझ तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको जीप शान्तिनगर– १ हाँडिचारमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार रा १ ज ७७० नम्बरको जीप दुर्घटना हुँदा सल्यान त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी, सोही ठाउँका ४५ वर्षीय ऐश्वर्य केसी, सोही ठाउँका ४५ वर्षीया पार्वती केसी, ३४ वर्षीया रेखा ओली घाइते भएका छन् ।
त्यस्तै रुकुम–पश्चिम त्रिवेनी गाउँपालिका–३ निवासी २५ वर्षीया सरिता खड्का, सल्यान त्रिबेणी गाउँपालिका–३ निवासी ३१ वर्षीया रोजिका ओली र लमजुङको मध्येनेपाल नगरपालिका–७ निवासी २४ वर्षीया लिला बाँस्तोला घाइते भएका छन् ।

घाइतेमध्ये टोट्के निवासी केसीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँको टोउको र छातीमा चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
जीप आफैँ अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको र दुर्घटनापश्चात चालक फरार छन् ।

 

प्रकाशित मिति : २० श्रावण २०८१, आइतबार  ७ : ३४ बजे