२२ साउन । गुल्मीमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका- १ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रातिदेखि आएको भारी वर्षासँगैको पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका हुन्।
मृत्यु हुनेमा ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक, ४८ वर्षीय गोरे विक र साढे दुई वर्षकी रियन्सा विक रहेका छन् भने घाइते हुनेमा मुना विक र विष्णु विक रहेका छन्।
प्रतिक्रिया