२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


३४ जिल्लामा दुई दिन रात्रिबस नचल्ने



२२ साउन । भारी वर्षाको उच्च जोखिम रहेका ३४ जिल्लामा दुई दिन रात्रिकालीन बस नचल्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र भोलि बुधबार भारीदेखि अति भारी वर्षा हुनसक्ने चेतावनीका बीच सम्भावित क्षति रोक्न उच्च जोखिमको सूचीमा रहेका जिल्लामा रात्रिकालीन बस नचलाउन भनेको हो।

रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकाले सम्भावित क्षति रोक्न यस्तो निर्णय भएको प्राधिकरणले स्पष्ट पारेको छ ।

यस्तै, जिल्लामा विपद्को जोखिममा रहेका बासिन्दालाई तत्काल सुरक्षित आश्रय स्थलमा सार्न भनेको छ । उच्च जोखिममा रहेका जिल्लाहरूमा तीन वटै सुरक्षा निकायहरू तयारी अवस्थामा रहने बताउँदै प्राधिकरणले भारी वर्षाको अवधिभर अत्यन्तै जरुरी अवस्थामा बाहेक यात्रा नगर्न पनि आग्रह गरेको छ।

यसअघि सोमबार जल तथा मौसम विज्ञान विभागले पाँच प्रदेशका ३४ जिल्लालाई मनसुनी वर्षाको उच्च जोखिमको सूचीमा राखेको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  २ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।