२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दूधेश्वरनाथ महादेव मन्दिरमा दुई दर्शनार्थी मृत फेला



वीरगञ्ज (पर्सा)
२२ साउन । पर्साको प्रसिद्ध धार्मिकस्थल दूधेश्वरनाथ महादेव मन्दिर (भाथा धाम) दर्शन गर्न मकवानपुरबाट आएका दुई जना दशनार्थी मृत अवस्थामा भेट्टिएका छन् ।

पर्सा प्रहरीले मकवानपुरबाट गत शनिबार दर्शन गर्न आएका दशनार्थीलाई जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पर्सा राष्ट्रिय निकुञ्जको कोर एरियामा दुई जनाको शव भेट्टिएको जानकारी दिएका छन् ।

मनहरी गाउँपालिका वडा नं ५ दिलीपुरका वर्ष ४० का रामबहादुर मुक्तान र सोही जिल्लाका राक्सीराङ्ग गाउँपालिका–२ टुमकीका ३२ वर्षीय राजकुमार नेगी मृत अवस्थामा भेटिएका हुन् ।

“निकुञ्जको कोर एरियामा दुई जनाको शव भेट्टिएको छ”, उनले भने, “फिल्डमा खटिएका उद्धार टोलीसँग टेलिफोन सम्पर्क हुन नसकेकाले पनि विस्तृत विवरण आइसकेको छैन ।” फेला परेका शवलाई आवश्यक मुचुल्का बनाएर नारायणी अस्पतालमा शव परीक्षणका लागि ल्याउने कार्य भइरहेको उनले जानकारी दिएका छन् ।

इलाका प्रहरी ठोरी, निकुञ्ज सुरक्षा तैनाथ सबुत गणका लगायतका टोलीले खोजीकार्य गरेको थियो । दुई जना हराएको कुरा सोमबार मात्रै जानकारीमा आएको प्रहरीले जनाएको छ । पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्रपर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा साउन महिनाभरि भारतीय र स्वदेशी दशनार्थीको घुुइँचो लाग्ने गर्छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ३ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।