५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंबाट उडेको ३ मिनेटमै हेलिकप्टरको टावरसँग सम्पर्कविच्छेद



२३ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि टावरसँग सम्पर्कविच्छेद भएको बताएको छ।

नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको जानकारी दिएको छ।

‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भइ काठमाडौं जिल्ला शिवपुरी गाउँपालिका वडा नं. ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दार कार्यका लागि प्रभु हेलिकप्टरको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

दुर्घटनामा चार चिनियाँ नागरिक सहित ५ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ। हेलिकप्टर लुक्लाबाट काठमाडौंमा अवतरण गरेपछि रसुवातर्फ उडेको थियो। रसुवाबाट ५ जना यात्रु लिएर काठमाडौँ फर्किने तालिका रहेको जनाइएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  ११ : ५३ बजे