५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नियम विपरित बनेका संरचना भत्काइँदै



कञ्चनपुर
२६ साउन । शुक्लाफाँटा नगरपालिका ११ स्थित कलुवापुर–बेलौरी सडकको क्षेत्राधिकार भित्र बनाइएका भौतिक संरचना हटाइने भएको छ ।
सडकको दाँया बाँया १५ मिटरको क्षेत्रमा बनाइएका खोका, छाप्रा, टहरा, ठेला, व्यवसायिक सामग्री, प्रचार प्रसारका सामग्री, पक्कि भौतिक संरचना लगायत हटाउन लागिएको हो । सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनका लागि तीन दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरुलाई जानकारी दिने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकत खेमराज बिष्टले जानकारी दिएका छन् ।
  उनका अनुसार यही साउन २७ गतेदेखि अबैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिने छ । “सडक अतिक्रमण हुँदा सवारी साधनको आवागमनमा असहज हुँदा दूर्घटनाको जोखिम उच्च रहेको छ” उनले भने, “सडकको सुन्दरतामा समेत प्रतिकूल असर परेको छ ।”
सूचनाको अवज्ञा गरी अबैध संरचना सम्बन्धित पक्षले नहटाइए प्रचलित कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढाइने उनले बताए । सडक अतिक्रमण हुँदा पानीको निकास थुनिएर बजार क्षेत्र जलमग्न हुने गरेको छ ।
संभावित संक्रामक रोगहरु फैलिन सक्ने उच्च संभावना बढेर गएपछि नगरपालिको अबैध संरचना हटाउनका लागि गाडी बढाएको बताइएको छ । दुई दिन अघि मात्रै नगरपालिकाले थुनिएको पानीको निकास अस्थायी रुपमा खोलेको थियो ।
पानीको निकास हुने ठाउमा पक्कि भौतिक संरचना निर्माण गरिदा दिगो व्यवस्थापन हुन सकेको छैन । यस अघि नगरपालिकाले पूर्व पश्चिम राजमार्गको झलारी, वनसमिति लगायत बजारका अबैध सडक क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचना हटाएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ६ : २९ बजे